२०८१ बैशाख १७ सोमबार

नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा शशांकले गरे हस्ताक्षर

काठमाडौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा मंगलबार हस्ताक्षर गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानमा महासमिति सदस्यहरूको हस्ताक्षर संकलन केन्द्रमा पुगेर कोइरालाले हस्ताक्षर गरेका हुन् ।

ललितपुरको गोदावरीस्थित सो संकलन केन्द्रमा रहेका कांग्रेस काठमाडौंका महाधिवेशन प्रतिनिधि दिवस ढुंगेलका अनुसार अहिलेसम्म ३१ केन्द्रीय सदस्य र ४०० महासमिति सदस्यले हस्ताक्षर गरिसकेका छन् ।खाह्रखरी

२०८० फाल्गुन ८, मंगलवार प्रकाशित 0 Minutes 283 Views

ताजा समाचार