फागुन १८ गते काठमाडौंको क्लब प्लाटिनममा कार्यक्रम हुने आयोजकले जनाएको छ । टिकटको दर एक हजार तथा विशिष्ट टिकटको दर १५ सय रुपैयाँ राखिएको जनाइएको छ ।
काठमाडौं । ‘इण्डियन आइडल’पछि गायिका मेनुका पौडेल यतिबेला नेपाली राजधानीमा छिन् । गतसाता काठमाडौं आइपुगेकी उनले अब नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिनेछिन् ।
उनले काठमाडौं, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको छ । तपस्या इन्टरटेनमेन्टको आयोजनामा फागुन १८ गतेदेखि चैत १६ सम्म ती चार सहरमा मेनुकाले प्रस्तुति दिनेछिन् ।
२०८० फाल्गुन ४, शुक्रबार प्रकाशित
0 Minutes
203 Views