२०८१ जेष्ठ ६ आईतवार

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति भएको छ । शुक्रबार भएको दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो । पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए ।

प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने सहमति समेत भएको छ ।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुबै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले बताए ।

koshi11

२०८० माघ २६, शुक्रबार प्रकाशित 0 Minutes 102 Views

ताजा समाचार