२०८१ जेष्ठ ६ आईतवार

कोशीको मन्त्रिपरिषद आज विस्तार हुँदै, अपराह्न ४ बजे शपथ

२६ माघ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री कार्कीले आज अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने जानकारी दिए ।

नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् । इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो । राज्यमन्त्री थापाको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।

यसैगरी माओवादी केन्द्रबाट उदयपुरका नारायण बहादुर मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्दैछन् । उनीहरुलाई सामाजिक विकास र खानेपानी मन्त्रालय दिने तयारी छ ।

मन्त्रालयको अन्तिम टुंगो लगाएर आजै चार बजे शपथ ग्रहण हुने मुख्यमन्त्री कार्कीले बताए ।

हाल कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगु र पर्यटन वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती छन् ।

२०८० माघ २६, शुक्रबार प्रकाशित 0 Minutes 105 Views

ताजा समाचार