२०८१ बैशाख २४ सोमबार

नेपाल आउँदै गरेकी गायिका मेनुका पौडेललाई आज भव्य सम्मान गरिँदै

काँकरभिट्टा । इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दै संसारलाई चकित पारेकी नेपाली गायिका मेनुका पौडेललाई आज काँकरभिट्टासहित जिल्लाका विभिन्न स्थानमा भव्य स्वागतसहित सम्मान गरिँदै छ ।

भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गरेकी उनलाई मेची सामुदायिक सेवा केन्द्रले अहिले ११ः३० बजे केन्द्र परिसरमा भव्यताका साथ सम्मान गर्न लागेको अध्यक्ष मुक्ति पौडेलले बताए ।

इन्डियन आइडलमा आफ्नो प्रस्तुति दिएर विश्वभर नेपाललाई चिनाएकी गायिका पौडेललाई विर्तामोडस्थित सप्तक संगीत विद्यालयले पनि आजै बृहत कार्यक्रम गरी सम्मान गर्दैछ । सो विद्यालयले उनलाई काँकरभिट्टाबाट धुलाबारी, चारआली हुँदै विर्तामोड नगरको परिक्रमा गराएर सम्मान गर्न लागेको हो ।

सो बृहत कार्यक्रममा सहभागिताका लागि उक्त विद्यालयका संस्थापक एवं गुरु सरोज वत्सले सम्पूर्ण संगीतप्रेमी नगरवासीहरुलाई अनुरोध गरेका छन् ।

२०८० माघ २२, सोमबार प्रकाशित 0 Minutes 320 Views

ताजा समाचार