२०८० फाल्गुन २१ सोमबार

गायिका मेनुका पौडेलले लगाएको एआई जडित चस्माले कसरी काम गर्छ ?

डा. वीरेन्द्रराज पोखरेल

इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई नेत्र चिकित्सकले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) जडित स्मार्ट चस्मा उपहारका रूपमा प्रदान गरेको खबरले हामी धेरैलाई खुसी तुल्यायो । ‘अप्टिक नर्भस्’ सुकेर पूर्ण दृष्टिविहीन भएकी मेनुकाले उक्त चस्मा लगाएपछि रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने भन्ने कुराले कसलाई खुसी नतुल्याउला र ?

यस प्रविधिको प्रयोगबाट सुनेर जानकारी प्राप्त गर्न सकिन्छ तर आँखा देख्ने भन्ने होइन । वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतका अनुसार, ‘अप्टिक नर्भस्’ सुकेर पूर्ण दृष्टिविहीन भएका व्यक्तिले फेरि आँखा देख्ने हुनु हालसम्मको वैज्ञानिक आविष्कारबाट सम्भव भएको छैन ।

म स्वयं पनि ‘अप्टिक नर्भस्’ सुकेर २७ वर्षको उमेरमा पूर्ण दृष्टिविहीन भएको व्यक्ति हुँ । मैले नेपाल र भारतका प्रमुख अस्पतालमा मात्र नभएर अमेरिका, जापान, स्पेन लगायत विकसित राष्ट्रका उत्कृष्ट चिकित्सकसँग परामर्श गरेको छु । सबैको यही निष्कर्ष छ कि उपचारबाट मैले आँखा देख्न सम्भव छैन ।

क्यामेराबाट एन्ड्रोइड मोबाइलमा तार जोडिन्छ । स्मार्ट फोनमा रहेको एप्समार्फत सबै जानकारी आवाजमार्फत सुन्न सकिन्छ, यस प्रकरणमा चस्मा र आँखाको कुनै भूमिका रहँदैन । 

त्रिभुवन विश्वविद्यालयबाट मैले २०७४ सालमा ‘पहुँचयुक्त सूचना प्रविधिको प्रयोगबाट विकास प्रक्रियामा दृष्टिविहीन व्यक्तिहरूको मूल प्रवाहीकरण’ विषयमा विद्यावारिधि पूरा गरेको छु । नवीनतम सूचना प्रविधिको प्रयोगबाट दृष्टिविहीन व्यक्तिले स्पर्शीय वा आवाजयुक्त रूपमा जानकारी वा सूचना प्राप्त गरेर स्वनिर्भर भई जीवनयापन गर्न सक्ने कुरालाई आत्मसात् गर्दै नेपालमा यस्ता प्रविधिको विकास र विस्तार गर्ने उद्देश्यले म विद्यावारिधि वा खोज अनुसन्धानमा लागेको हुँ ।मेनुका पौडेलको समाचारलाई लिएर सयौँ शुभचिन्तक र आफन्तले मसँग जिज्ञासा राख्नुभयो– आखिर के हो त एआई जडित स्मार्ट चस्मा ?

पावर नभएको चस्माको कुनै एक बिँडको अघिल्लो भागमा माइक्रो क्यामरा अगाडि फर्काएर जडान गरिएको हुन्छ । अनुहारमा अड्काउन सजिलो अर्थात् नाकको डाँडीमा आड लगाएर दुईवटा कानमा अड्किने भएकाले क्यामेरालाई स्थिर राख्न सहज होस् भनी चस्माको फ्रेममा क्यामेरा जडान गरिएको हो । अन्यथा यसलाई टोपी, हेयरब्यान्ड वा हेडलाइटजस्तो गरेर निधारमा समेत फिट गर्न मिल्छ । जहाँ जडान गरे पनि यसले गर्ने काम एउटै हो । क्यामेराबाट एन्ड्रोइड मोबाइलमा तार जोडिन्छ । स्मार्ट फोनमा रहेको एप्समार्फत सबै जानकारी आवाजमार्फत सुन्न सकिन्छ, यस प्रकरणमा चस्मा र आँखाको कुनै भूमिका रहँदैन ।

एआईको प्रयोगबाट कुनै पनि पाठ क्यामेराले क्याप्चर गरेपछि यसलाई ओसीआर (अप्टिकल क्यारेक्टर रिकग्निसन)को मद्दतबाट पढ्न मिल्ने पाठमा परिणत गर्दछ र एन्ड्रोइडमा रहेको टीटीएस (पाठबाट आवाजमा परिणत गर्ने) सफ्टवेयरबाट आवाजको रूपमा सुन्न सकिन्छ, जसबाट पूर्ण दृष्टिविहीन व्यक्तिहरूले सम्पूर्ण सूचना प्राप्त गरेर आदेश पछ्याउन सक्छन् । क्यामेराले फोकस गरेको अगाडि रहेको व्यक्तिलाई एआईको मद्दतबाट सामाजिक सञ्जालमा रहेको उसको फोटो विश्लेषण गरी सफ्टवेयरले सो व्यक्ति को हो बताइदिन्छ । अगाडि उभिएको व्यक्तिको सामाजिक सञ्जालमा कुनै फोटो छैन भने पनि उसको नाम नभनी हुलिया भनिदिन्छ । अर्थात् महिला वा पुरुष, लुगाको रङ वा पहिरन आदि बताइदिन्छ । मुद्रालाई क्यामराले फोकस गरेमा यो कुन देशको कति रुपैयाँ हो भनी बताइदिन्छ ।

हिँडडुल गर्न स्मार्ट छडीको प्रयोग गर्नुपर्छ, जसमा सेन्सर प्रयोग गरिएको हुन्छ । कुनै वस्तुअगाडि आइपुगेमा सेन्सरले पहिचान गरी भाइब्रेट हुन थाल्छ, जुन गाडी ब्याक गर्दा सेन्सरले आवाज दिएजस्तै हो ।

उल्लिखित कार्य गर्न एन्ड्रोइड वा आईओएस जडित स्मार्ट फोनहरूमा अन्य धेरै एप्स समेत विकास भई प्रयोगमा रहेका छन् । उदाहरणका लागि ‘सिइङ एआई’ वा ‘बी माई आइज’लाई लिन सकिन्छ, जुन धेरै नेपाली दृष्टिविहीन व्यक्तिले प्रयोग गर्दै आइरहेका छन् ।

समाचारमा भनेझैँ चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने भन्ने कुरा अलि अतिरञ्जित भएको मेरो ठम्याइ हो । किनकि रियाज गर्न चस्मा चाहिँदैन । हिँडडुल गर्न स्मार्ट छडीको प्रयोग गर्नुपर्छ, जसमा सेन्सर प्रयोग गरिएको हुन्छ । कुनै वस्तुअगाडि आइपुगेमा सेन्सरले पहिचान गरी भाइब्रेट हुन थाल्छ, जुन गाडी ब्याक गर्दा सेन्सरले आवाज दिएजस्तै हो ।

भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले मेनुकालाई एआई जडित उक्त विशेष चस्मा प्रदान गरेर यस प्रविधिका बारेमा जगजाहेर गर्ने राम्रो अवसर प्राप्त त भयो, तर यसले मेनुकाले आँखा देख्ने होइन । प्रतिभावान् गायिका मेनुकाले प्रविधिको प्रयोगबाट थप सफलता हासिल गरून्, आत्मनिर्भर बनून्, शुभकामना !रातोपाटी

२०८० माघ १८, बिहीबार प्रकाशित 0 Minutes 101 Views

ताजा समाचार