२०८१ बैशाख २३ आईतवार

ताप्लेजुङ पुगेका सांसद नेम्वाङ अकस्मात् बिरामी, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ अकस्मात् बिरामी परेपछि उपचारका लागि काठमाडौं ल्याइँदै छ । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ पुगेका उनी अचानक बिरामी परेका हुन् ।

सांसद नेम्वाङलाई हेलिकोप्टरमा काठमाडौं पठाउने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए ।

पाँचथरबाट निर्वाचित सांसद नेम्वाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् । उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका थिए ।

खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्वाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो ।

जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्वाङ फुङलिङ आएका अध्यक्ष थेबेले बताए । शिलापत्रबाट

२०८० माघ १७, बुधबार प्रकाशित 0 Minutes 79 Views

ताजा समाचार