२०८० फाल्गुन १४ सोमबार

राष्ट्रियसभा निर्वाचनः कोशीमा एमाले र राप्रपाबीच तालमेलको लिखित सहमति

काठमाण्डु । कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच राष्ट्रियसभा निर्वाचन अन्तर्गत सहकार्य गर्नका लागि खिति सहमति भएको छ । एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो ।

यससँगै नेकपा एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति भएको जनाइएको छ ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । कोशी प्रदेशमा हाल कोशीमा राष्ट्रियसभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा सदस्य ९३ र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना छन् । काठमाण्डुपाटी

२०८० माघ ८, सोमबार प्रकाशित 0 Minutes 87 Views

ताजा समाचार