![](https://janasamsad.com/wp-content/uploads/2024/01/pmprachanda-1705809063.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जािगर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् ।
युगान्डाबाट फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
![](https://janasamsad.com/wp-content/uploads/2023/06/लो-वि-श्रावण-२०७९-page-016.jpg)
पत्रकारले राखेको जिज्ञासामा उनले भने, “रूसलाई पत्र पठाइएको छ । युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग कुरा भएको छ । फिर्ता पठाइदिनुप¥यो भनेका छौँ । मारिएकाको विषयमा पनि क्षतिपूर्तिको कुरा भएको छ । सरकारले मात्रै भनेर हुँदैन सबैले व्यापकरूपयमा यस विषयमा कुरा उठाउनुपर्छ ।”
उनले अवैध बाटोबाट नजान नेपाली युवामा चेतना फैलाउन पनि जरुरी रहेको बताए ।
“जहाँ पायो त्यहीँ जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्मविपरीत जहाँ पनि सेनामा भर्ती हुने, बाटो छलेर जाने काम गर्न भएन भन्ने चेतना फैलाउनुप¥यो,” उनले भने, “रूस र युक्रेनसँग कुरा भइरहेको छ । उनीहरू युद्धमै छन् । सरकारले पठाएको पनि होइन, त्यसैले सरकारले भन्नासाथ रुसले मान्ने पनि होइन ।”रातोपाटी