
काठमाडौं । राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समिति सातै प्रदेशमा जाने भएको छ। निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न गठित समितिको शनिबार बसेको बैठकले राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि प्रदेशस्तरमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो ।
समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उम्मेदवारहरुसँग छलफल गरेपछि समन्वय समितिको टोलीले प्रदेशस्तरमा जाने निर्णय गरेको सचिव केशवराज जोशीले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा सात वटै प्रदेशका उम्मेदवारहरुसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो।’ बैठकपश्चात जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय सभा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा यस समितिबाट जाने निर्णय गरियो।’
नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।
आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यका १९ पदमा निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्।
को-को छन् गठबन्धनका उम्मेदवार ?
अन्नपुर्ण पोष्ट