२०८३ असार १७ बुधबार

माओवादीले गर्‍यो दुई वैकल्पिक केन्द्रीय सदस्यलाई निष्कासन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ।

गत शनिबार बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ (सुदीप) र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

यस्तै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई स्पष्टीकरण सोधेको माओवादीले जनाएको छ। भक्तपुरका तामाङ पछिल्लोसमय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै माओवादीले कारबाही गरेको हो।

साथै कपिलवस्तुकी विक नेकपा (एमाले) मा प्रवेश गरेकी थिइन्। गोरखबहादुरले भने मंसिरमा भूकम्प प्रभावितका लागि राहत लिएर गएको चिनियाँ टोलीलाई जाजरकोटमा कुटपिट गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको माओवादी केन्द्रले जनाएको छ। सेतोपाटी

२०८० माघ ३, बुधबार प्रकाशित 0 Minutes 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।