२०८३ असार १७ बुधबार

माओवादीको नाम फेरेर नेकपा समाजवादी राख्न प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव गरेका छन्।

गत शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा उनले नयाँ प्रस्ताव पेश गरेका हुन्। उनको प्रस्तावलाई पुरक प्रस्तावका रुपमा चर्चा गरिएको छ। पार्टीको केन्द्रीय नीति योजना कार्यान्वयनको अलावा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरुको बाँडफाड, निर्वाचन, सरकार निर्माण सम्बन्धी सबै अधिकार प्रयोग गर्ने व्यगस्था विधानमा गर्नुपर्ने प्रस्ताव शर्माको छ।

यस्तो छ विधानमा व्यवस्था गर्न शर्माले गरेको प्रस्ताव 

–पार्टीको प्रदेश अध्यक्ष केन्द्रीय समितिको पोलिटब्यूरो बैठकमा उपस्थित हुन पाउने
व्यवस्था विधानमा राख्ने।

–सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने।
– सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्ने।
– पार्टीको नामः  नेकपा समाजवादी राख्नु पर्ने।
– जबस सम्बन्धी नीति , पार्टीको मार्ग दर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढिकरण, परिचालन, पेशागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने।
– जबस प्रमुखहरुको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्ने।
– सरकार संचालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउने।
– जिल्ला समितिको कार्यक्षेत्र  वैचारिक राजनैतिक संगठन निर्माण, सुदृढिकरण तथा परिचालन आर्थिक उत्पादन रोजगारी, विकास निर्माण र सरकार सम्बन्धी काम र सामाजिक सांस्कृतिक रुपान्तरण एवम् सामाजिक न्याय र अनुगमन र मूल्याङ्कन हुनुपर्ने।

कोशी अनलाइन 

२०८० माघ २, मंगलवार प्रकाशित 0 Minutes 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।