२०८१ जेष्ठ ५ शनिबार

काँग्रेसबाट राष्ट्रिय सभाको उम्मेदवार सिटौला

नेपाली कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार कृष्णप्रसाद सिटौलालाई बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर काठमाडौँबाट हिँडिसकेका छन् । सत्तारुढ गठबन्धनको भागबन्डा अनुसार कोशीमा अन्यतर्फ काँग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको थियो । माओवादीले महिलामा ओखलढुङ्गाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री रहेका सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट पराजित भएका थिए । सत्तारुढ गठबन्धनका उम्मेदवार उनलाई एमालेको सहयोगमा उम्मेदवार भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । लिङ्देनले नै २०७४ को निर्वाचनमा पनि उनलाई पराजित गरेका थिए ।

यसअघि सिटौला राष्ट्रपतिको आकाङ्क्षी रहेका थिए । सिटौलाले राष्ट्रपति रामचन्द्र पौडेल भएपछि राष्ट्रियसभामा जान लागेका हुन् । चुनाव हारेकालाई लैजान नहुने मत काँग्रेसभित्र भएपनि काँग्रेसको गत महाधिवेशनदेखि सभापति देउवालाई सहयोग गर्दै आएका सिटौलालाई कसैले रोक्न सकेन ।नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान गरेका सिटौला पूर्व गृहमन्त्री पनि हुन् । उनले २०७२ को संविधान निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।काँग्रेसले कोशीमा सिटौलासहित अन्य प्रदेशका उम्मेदवार पनि करिब टुङ्गो लगाएको छ । मधेस प्रदेशमा आनन्दप्रदान ढुङ्गानाको नाममा सहमति जुटेको बताइएको छ ।

२०८० पुष २२, आईतवार प्रकाशित 0 Minutes 363 Views

ताजा समाचार