
झापाको शिवसताक्षीमा एकजना महिला मृत भेटिएकी छन् । प्रहरीका अनुसार शुक्रबार दिउँसो शिवसताक्षी–१० माईधारस्थित कनकाई खोलाको किनारमा नाम, थर र ठेगाना नखुलेकी पहाडी समुदायकी महिला मृत भेटिएको हो ।
विगत केही महिनादेखि मागी खाइहिँड्ने अन्दाजी ४५–५० वर्षीया ती महिलाको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ती महिला करिब एक महिनाअघि बिरामी परेकी थिइन् । त्यसबेला जनप्रतिनिधिको सहयोगमा उपचार गराइएको थियो । जीवित रहेको त्यसबेलामा पनि खोजी गर्दा ती महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
२०८० पुष २०, शुक्रबार प्रकाशित
0 Minutes
210 Views