२०८१ माघ ६ आईतवार

राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा एमालेबाट ८ जनाको नाम सिफारिस

कोशीमा एमालेको ४२१० र सत्ता गठबन्धनको ५४८३ मतभार

विराटनगर । एमाले कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचन उम्मेदवारका लागि प्रदेशबाट चार पुरुष र चार महिलाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा पुरुषतर्फ झापाका उमानाथ ओली र हरिशचरण बानियाँ, भोजपुरका पर्शुराम अधिकारी र खोटाङका कर्ण घले छन् ।

त्यसैगरी महिला तर्फ सुनसरीकी रुकमणी कोइराला, मोरङकी नेचीमाया धिमाल, झापाकी रोशनी मेचे र उदयपुरकी कान्ता राईको नाम सिफारिस गरिएको प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए ।

यसअघि कांग्रेसले भने कृष्ण सिटौला, सुजता कोइराला, महेश आचार्य र मिनेन्द्र रिजाललाई पहिलो प्राथामिकतामा राखेर ३८ पुरुष र २५ महिला गरी ६३ जनाको नाम सिफारिस गरिसकेको छ ।

माघ ११ गते हुने निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुने छ । खुलातर्फ कांग्रेसका रमेशजंग रायमाझी र महिला तर्फ माओवादी केन्द्रकी बिना पोखरेलेको पदावधि सकिएपछि निर्वाचन हुन लागेको हो ।

उक्त निर्वाचनमा प्रदेश सभाका ९३ सांसद र स्थानीय तहका २ सय ७४ प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । यो प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक प्रदेश सभा सदस्य छन् ।

त्यसैगरी स्थानीय तहतर्फ कांग्रेसका ११५, एमालेका ११०, माओवादी केन्द्रका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना प्रमुख र उपप्रमुख छन् ।

कोशीमा कांग्रेसको ३ हजार ७ सय २२, एमालेको ४ हजार २ सय १०, माओवादी केन्द्रको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, एकीकृत समाजवादीको ३ सय ४५ र जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा सत्ता गठबन्धनका नाममा ५ हजार ४ सय ८३ मतभार छ । यो मत भार एमालेको भन्दा १ हजार २ सय ७३ ले बढी हो । इकान्तिपुर

२०८० पुष २०, शुक्रबार प्रकाशित 0 Minutes 190 Views

ताजा समाचार