मृतकका परिवारले सोमबार नै शव बुझ्ने र शबलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले नै गर्ने सहमति भएको छ ।
सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा सांसदहरुको रोहबरमा सरकारको तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकको परिवारका तर्फबाट वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह, सुजनका मामा टेकबहादुर कटुवालले सहमपित्रमा हस्ताक्षर गरेका छन् ।
१३ पुसमा ललितपुरको बालकुमारी स्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ समिति गठन गरिसकेको छ । मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रुपैयाँ दिने निर्णय पनि गरिसकेको छ । अनलाइन खबरबाट
हेर्नुहोस् सहमतिपत्र