२०८० फाल्गुन १४ सोमबार

रविलाई खोया हानेका कारण होइन, प्रहरीलाई अपशब्द बोल्दा चलाइयो मुद्दा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाटविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

शनिबार अमरसिंह चौरमा रास्वपाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामिछानेलाई रानाभाटले खोया प्रहार गरेका थिए । तर, लामिछानेले कार्यक्रमबाटै उनलाई छाडिदिन आग्रह गरेका थिए ।

प्रहरीका अनुसार लामिछानेलाई खोया हानेका कारण उनी पक्राउ परेका होइनन् । प्रहरीलाई अपशब्द बोलेपछि प्रहरी आफैँले प्रतिवेदन बनाएर उनीमाथि मुद्दा चलाएको हो ।

लामिछाने मञ्चमा बोलिरहेको अवस्थामा ३४ वर्षीय रानाभाट मकैको खोया हानेर भाग्न खोजेका थिए । उनी भाग्न थालेपछि प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । तर, सम्झाउने क्रममा रानाभाटले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज र हातपातको समेत प्रयास गरेको प्रहरीले जनाएको छ । बाह्रखरी

२०८० पुष ८, आईतवार प्रकाशित 0 Minutes 126 Views

ताजा समाचार