२०८१ बैशाख ७ शुक्रबार

कक्षामा सधैँ प्रथम भएको भन्दै साथीको अपहरण, चार बालक पक्राउ

पर्सा । पर्सामा अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाएको छैन।

कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घटना शनिबार बिहान साढे ५ बजे भएको हो।

वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने १६ वर्षीय बालक आफ्नो घरको आँगनको कलमा हात मुख धोइरहेका थिए। त्यसबेलासँगै अध्ययन गर्ने चार जना साथीहरूले मिलेर कम्बलले उनलाई छोपेको डिएसपी गिरीले बताए।

बालकलाई नियन्त्रणमा लिएर मुखमा कपडा कोचेर बोल्न कराउन समेन दिई घरबाट ३ सय मिटर टाढासम्म लगेको पाइएको छ।
सुनसान खाली चौरमा लगेर मुखमा थप गलबन्दी, पन्जा तथा रूमालसमेत कोचेको पाइएको छ।

कालो केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर र हात खुट्टा समेत बाँधेर नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए।
परिवारले आफ्ना बालक हराएको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। सेतोपाटीबाट

२०७९ पुष २४, आईतवार प्रकाशित 1 Minute 256 Views

ताजा समाचार