२०८१ बैशाख १४ शुक्रबार

विभागले भन्यो- अब पासपोर्ट लिन आउनू

राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन् ।

पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो ।

२०७९ पुष २४, आईतवार प्रकाशित 0 Minutes 179 Views

ताजा समाचार