२०८१ जेष्ठ ७ सोमबार

घटस्थापनाको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान

काठमाडाैँ । आज हिन्दुहरूको महान् पर्व विजया दशमी र नवरात्रिको आरम्भको दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिन, जसलाई घटस्थापना भनिन्छ ।

आजदेखि नौ दिनसम्म नवदुर्गा भवानीको उपासना, आराधना, पूजापाठ गर्ने गरिन्छ । आजकै दिन दसैँमा लगाउने जमरा राख्ने र  घट  कलशको स्थापना गर्ने गरिन्छ ।

आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।

विजया दशमी शक्ति उपासनाको पर्व पनि हो । घटस्थापनाको धार्मिक, शास्त्रीय मान्यतासँगै यसको विधिविधान सम्बन्धमा आचार्य कमल रिजालले चर्चा गरेका छन् । रातोपाटीबाट

२०८० आश्विन २८, आईतवार प्रकाशित 0 Minutes 110 Views

ताजा समाचार