२०८१ बैशाख १८ मंगलवार

आज – २१ पौष २०७९ बिहिवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा गरिएको लगानीमा मन्दी आउनेछ, तर वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । यात्राबाट पनि सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको साथले फाइदा हुने काम गरिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : आज दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यवसाय य अन्य लगानीबाट नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इष्टमित्रहरूसँग भेटघाट हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

२०७९ पुष २१, बिहीबार प्रकाशित 1 Minute 567 Views

ताजा समाचार