२०८१ बैशाख १७ सोमबार

आज – १८ पौष २०७९ सोमवार को राशिफल

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा जीवन सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । नयाँ कामको थालनी हुनेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय छ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वैदेशिक कार्य पनि सहजै हुनेछ ।

मकर

 (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला । स्वास्थ्यमा एक्कासि खराबी आउन सक्छ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

२०७९ पुष १८, सोमबार प्रकाशित 1 Minute 481 Views

ताजा समाचार