२०८१ बैशाख १६ आईतवार

होटल व्यवसायीका समस्या समाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी

 

होटल संघ नेपाल ‘हान’ले होटल व्यवसायीका समस्या समाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ । आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानको लागि सरकारले पहल नगरेर होटल बन्द गर्ने चेतावनी दिएको हो । हानले सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा समेत समस्याको समाधानको लागि पहल नगर्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

हानले बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको जनाएको छ । पछिल्लो समय चालु खर्च समेत धान्न नसक्ने गरी होटलहरु घाटामा सञ्चालित रहेको हानको भनाइ छ ।

होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्युबाट बचाई पुनर्जीवन प्रदान गर्न ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना,पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको तथा बढ्दै गएको व्याजदर एकल अंकमा झार्न हानको माग छ ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 256 Views

ताजा समाचार