२०८१ बैशाख २३ आईतवार

महामूर्खको उपाधि यस वर्ष जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई

होलीको अवसरमा जनकपुरधाममा भएको महामूर्खको उपाधि यस वर्ष नकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ । मंगलबार मिथिला नाट्यकला परिषद् (मिनाप)ले यस वर्षको ‘महामूर्ख’को उपाधि जनकपुरधाममा प्रमुख साहलाई प्रदान गरेको छ ।

प्रमुख साहलाई प्रशस्ति पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला लगाएर सम्मान गरिएको छ । मिनापले २०६१ सालदेखि भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरण, राजनीति जस्ता विधामा उत्कृष्ट प्रदर्शन गरी समाजमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान गर्दै आएको छ ।

मिनापले यो वर्ष ऋषी धमलालाई पटमूर्ख, रत्नेश्वर लाल कर्णलाई डपौर शंख, मटिहानीका प्रमुख हरिप्रसाद मण्डललाई बैशाख नन्दन, राजनीतिकर्मी विभा ठाकुरलाई गंधपसारैन, अरूणलाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख, रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, सुनचाँदी व्यवसायी बलराम साहलाई बज्रसोटा, पत्रकार बिरेन्द्र रमणलाई शोटानन्द, साहित्यकार किरण झा रश्मिलाई टुनमुसरी र मनोस्टिक अवासिय उच्च माविका प्रिन्सिपल डा. सोनु कुमार साहलाई बज्रकिटको उपाधी प्रदान गरेको छ । गत वर्ष मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. भोगेन्द्र झालाई महामूर्ख घोषित भएका थिए ।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 0 Minutes 576 Views

ताजा समाचार