२०८१ बैशाख १८ मंगलवार

ब्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै

झापा आन्दोलनका योद्धाहरु डिगेन राजवंशी र छविलाल राजवंशीका परिवारको दुःखेसो , भन्छन्—‘ कसैले केही गर्ला कि भन्ने अब आश पनि छैन ’

मुक्ति पौडेल चारआली, (झापा)

खोलो तर्यो, लौरो बिर्स्यो ।
नेपाली समाजमा प्रचलित यो आहान कसैमा लागू हुन्छ भने ती लोकतान्त्रिक आन्दोलनका योद्धाहरुमै हो। जतिबेला उनीहरुको बल, तागत र शक्ति प्रयोग गर्नुपर्ने हुन्छ तिनलाई मैदानमा पठाइन्छ। जब उनीहरू नातागत बन्छन् वा जिवित रहन्नन, उनीहरू र परिवार सबैबाट परित्यक्त बन्छन।

झापाकै डिगेन राजवशी र छविलाल राजवशी र परिवार यसको एउटा जिउदोजाग्दो प्रमाण हुन् ।

सबैलाई थाहा छ, समाज परिवर्तनका लागि उनीहरु लडे। गाँस, बास र कपास नहुनेहरुका लागि उनीहरु लडे । हुँदा खाने र नहुँदा भोकै बस्नेहरुका लागि लडे। सपना थियो , न्यायपूणर् समाज । समानता र स्वतन्त्रता ।

झापा आन्दोलनका योद्धा डिगेन राजवंशी र छविलाल राजवंशीहरुको सपना समयक्रममा पूरा भयो । उनीहरू हिडेको बाटोमा अरु हजारौं हिडेर, लडेर सफलता आयो । तर, उनीहरूका परिवार त्यो खुसीमा रमाउन सकेको छैन।

कसैले समाज परिवर्तन गर्छ त कम्युनिष्टहरुले नै भन्ने विश्वासका साथ डिगेन र छविलाल राजवंशी आन्दोलनको मोर्चामा उभिन पुगे त्यो बेला ,जतिबेलाको ब्यवस्थाले कम्युनिष्ट भन्ने नाम पनि सुन्न मान्दैन थियो । तत्कालिन झापा आन्दोलनसँग राजनीतिक सम्बन्ध जोड्न पुगेका डिगेन र छविलाल अहिले छैनन् तर उनीहरुका सपना भने आज पनि बाँचेकैछन्, आम नेपालीको गाँस, बास र कपासको अपेक्षा आज पनि उस्तै छ । आम नेपालीको मात्र होइन डिगेन र छविलालका परिवारको अपेक्षा पनि सामान्य आम नेपाली जनताको जस्तै छ तर के आज परिवर्तनको पक्षमा उभिएर आफ्नो जिवन आन्दा्ेलनमै समर्पण गरेका डिगेन र छविलालको सपना पुरा भएको छ ?

आज स्वयम् आन्दोलनका योद्धाकै परिवार पनि ब्यवस्था मात्र परिर्वतन भएको र अवस्था उस्तै रहेको दैनिकीमा छन् । डिगेन राजवंशी र छविलाल राजवंशी झापा आन्दोलनकै क्रममा लामो समय सम्म जेल बसेका योद्धाहरु हुन् । छविलाल राजवंशीको निधन जेलमै भएको थियो भने डिगेन राजवंशीको निधन दुःखद भित्रको पनि पीडादायी बन्न पुगेको थियो । सिङ्गो समाज परिर्वतनका लागि जिवन समर्पण गर्न पुगेका उनीहरुको परिवारकै आजको अवस्था हेर्दा नै स्पष्ट हुन्छ जसले जे भने पनि ‘ब्यवस्थामा परिवर्तन भयो तर अवस्था उस्तै छ ।’

२०७९ फाल्गुन १५, सोमबार प्रकाशित 0 Minutes 750 Views

ताजा समाचार