२०८१ बैशाख १७ सोमबार

हुम्लामा राक्षस फकाउन चैतलो पर्व

हुम्लामा राक्षस फकाउन भन्दै वर्षै पहिलेदेखि क्षेत्री समुदायले चैतलो पर्व मनाउँदै आएका छन् । राक्षस आएर एउटी महिलालाई लगेको किम्वदन्ती अनुसार सदरमुकाम सिमकोट र सिमकोट गाउँपालिका २ ठेहे गाउँमा प्रत्येक वर्षको फागुन १२ गते यो पर्व मनाउने गरिन्छ ।

यस पर्वमा विशेषगरी श्रीमानको दिघार्यु र घरका परिवारको सुस्वास्थ्यको कामना गर्दै गीत गाएर नाच्ने गरिन्छ । स्थानीय क्षेत्री जातिका महिलाहरु परम्परागत पहिरन तथा गहनामा सजिएर गाउँको मुख्य स्थानमा भेला भई गाउने र नाच्ने गर्छन् । मेला हुने स्थानमा लिङ्गो ठड्याएपछि महिलाको नाचगान सुरु हुने गर्दछ ।

बिहानददेखि सुरु हुने पर्वमा बेलुकातिर धामीले काँपेर पूजा गरेपछि पर्वको अन्त्य हुन्छ । पर्वको अवसरमा महिलाहरुबीच विभिन्न प्रतियोगिता पनि हुने गरेको छ । उक्त पर्व दुई दिनसम्म सन्चालन हुने गर्दछ ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 0 Minutes 301 Views

ताजा समाचार