२०८१ बैशाख १८ मंगलवार

अरुण नदीको किनार : जहा सत्यदेवीको मस्तिष्क पतन भएर मनकामनाको उत्पत्ति भयो

नेपाल धार्मिक पर्यटनको सम्भावना रहेको मुलुक हो । देशका विभन्न स्थानमा रहेको धार्मिक स्थललले पनि त्यसको पुष्टी गरेको छ । यस्तै भोजपुरको अरुण नदीको सत्तिघाट नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना धाम पनि एक हो । तर प्रचार प्रसार अभावमा ओझेलमा परेको छ ।

पूर्वको एक प्रसिद्ध धार्मिक स्थल मनकामनाधाम प्रचार अभावमा ओझेलमा परेको छ । यहाँ दर्शन गरे मनोकामना पुरा हुने धार्मिक विस्वास छ । भोजपुर र संखुवासभाको सिमाना अरुण नदीको किनारमा रहेको यो स्थल प्रयाप्त प्रचार नहुँदा ओझेलमा परेको हो । खाँदबारी नगरपालिका ९ मा पर्ने यो स्थलमा सत्यदेवीका मन मस्तिष्क पतन भएर मनकामना धामको उत्पति भएको बताइन्छ ।

यहाँ रहेको छत्र शिलामा धेरै देवी देवताले बास गरेको धार्मिक जनविश्वास छ । पहिला नदी छेउमा नै मनकामना देवधाम रहेपनि २०२१ सालमा आएको बाढीले क्षति पु¥याएको थियो । बाढीले असर पु¥याएपछि अलि माथि मन्दिर निर्माण गरिएको छ ।

पछिल्लो समयमा यहाँको विकास लागि विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् । यहाँ गुरु कुलसमेत सञ्चालनमा रहेको छ । दर्शन गर्नको लागि नेपालका विभिन्न ठाउँसँगै भारतबाटसमेत भक्तजनहरु आउने गरेका छन् ।

यो स्थानमा एकादशी लगाएत विभिन्न समयमा मेला महोत्सव लाग्ने गरेको छ । सतीघाटमा पक्की पुल नुहँदा भोजपुरबाट यहाँ पुग्ने मानिसहरुलाई समस्या हुने गरेको छ । यो स्थानलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न सरकारले भूमिका खेल्नु पर्ने स्थानीयको भनाइ छ ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 0 Minutes 298 Views

ताजा समाचार