२०८१ बैशाख १७ सोमबार

कांग्रेस सांसदको प्रस्ताव– प्रदेश १ को नाम सगरमाथा राखौँ, कसैलाई नोक्सान हुँदैन

विराटनगर । नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम सगरमाथा राख्न प्रस्ताव गरेकी छन् ।

कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् ।

“विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, यसबाट कसैलाई केही नोक्सानी हुँदैन,” तामाङले भनिन्, “यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।”

अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनले बताइन् ।

उनले प्रदेशले खर्च बढाएको भन्ने आरोपलाई चिर्न मन्त्रालयको संख्या घटाउने काम भएको र प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने बताइन् । उनले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने पनि बताइन् ।

प्रदेशको नाम कोसीकिराँत, किराँत, सगरमाथा, विराट राख्नुपर्ने विभिन्न दल र समूहरूले माग गर्दै आएका छन् ।

 

२०७९ फाल्गुन ८, सोमबार प्रकाशित 1 Minute 160 Views

ताजा समाचार