२०८१ बैशाख १७ सोमबार

नमूना मावि धुलाबारीको “नमूना“ कार्यक्रम

धुलाबारी, ५ फागुन । धुलाबारी नमूना माविले ७१ औँ वार्षिकोत्सव नमूना कार्यक्रम गरेर मनाएको छ ।

सो विद्यालयले औपचारिकतामा आफूलाई सिमित नै राखेन् परिवर्तनका पक्षधर भाषाशास्त्री महानन्द सापकोटाले २००८ सालमा उदघाटन गरेको सो विद्यालयले आफूलाई शुक्रबार पनि परिवर्तनकै पक्षमा उभ्यायो ।

अतिथि स्वागत, बिदाई, सम्मान देखिँदै, गरिँदै र अहिलेसम्म चल्दै आएका कार्यक्रम हुन् । तर, सो विद्यालय परिसरका दृष्यले प्रष्ट संकेत गरिरहेका थिए, “नमूनाको नाम पक्कै भझाइने छैन, “नाम अनुसारको काम पनि हुन्छ, भइरहेको छ र गरिन्छ ।“

विद्यालयको औपचारिक कार्यक्रम रहर लाग्दो थियो, छोड्नै मन नलाग्ने । अरु नृत्य त जहाँ पनि । सो विद्यालयको वार्षिकोत्सवमा नाचिएका नेवार, मगर, थारु, टप्पा नृत्यले कसैको मन नलोभ्याउने कुरै भएन । यसलाई पनि नियमित मान्न करै लगायो विद्यालयको वाषिर्कोत्सवले विभिन्न साँस्कृतिक र भेषभुषा झल्काउने नृत्य त हुने नै भए ।
यी नियमित दृष्यभन्दा विद्यालयको वार्षिकोत्सव फरक थियो । जहाँ पशु विज्ञान अध्ययनरत विद्यार्थीले आफ्नो सीप देखाए ।

पशुपालन त उनीहरूको सिक्दै र कमाउँदै आएको कार्यक्रम नै हो । विद्यालय परिसरमा नै उनीहरूले चिकन मिटवल बनाएर र अतिथिलाई सःशुल्क खुवाए । जहाँ खुवा पनि थियो ।

पशु विज्ञान अध्ययनरत विद्यार्थीले आफूले सिकेको सीप र आर्जन गरेको शिक्षाले के के गर्न सकिन्छ भन्ने कुरा उपकरण प्रदर्शन र अनुभव साटेर प्रष्ट पारेका थिए ।

पशु विज्ञानभन्दा विज्ञान संकायका विद्यार्थी के कम उनीहरूले सम्भव कुरा सबै प्रयोगात्मक गरेर नै देखाए । आफूले बनाएको तोपको झल्को दिने सामग्री पड्काउँदा विद्यार्थीको कला, सीप, मेहनत झल्कन्थ्यो अरु नवीन कुरामा त विद्यार्थी के कम । एक्सेएक, मानौँ देखिने प्रतिस्पर्धी झापामा दुःख दिने हात्ती खेदाउन विद्यार्थीले बनाएको त्यो उपकरण प्रभावकारी हुने प्रतिक्रिया अतिथिको थियो । यो पनि विज्ञान अध्यनरत विद्यार्थीको सिकाइको प्रतिफल हो ।

विज्ञान संकाय र पशु विज्ञानका विद्यार्थीभन्दा चित्रकलाका विद्यार्थी केकम । अनेकन चित्र बनाएका विद्यार्थीले आफ्नो कला विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौँलागाईंको आकृति जस्ताको त्यस्तै उतारेर आफ्नो क्षनता दर्ज गरेको झल्कन्थ्यो ।

विद्यालयकी नर्स दीपा तामाङले स्वस्थ रहन गरेको प्रयास र देखाएका प्रतिकात्मक झलकले धुलाबारी मावि नमूना बन्दै गएको स्पष्ट पार्थ्यो । सो काममा दीपालाई नर्स भोभाले सघाएकी थिइन् ।

विद्यार्थीले नाच्ने, गाउने स्वभाविक हो । त्यो स्वभाविकतामा अर्को नयाँपन धुलाबारी माविमा देखियो । सामुदायिक विद्यालयका शिक्षक “बेकामे“ हुन्छन् भन्ने कटु आलोचनालाई त्यहाँका महिला शिक्षकले चिरिदिए । उनीहरूले पश्चिम कोही पूर्व घर….मा छमछम नाचेर आफूलाई अब्बल सावित गरे ।

विद्यालयले यसैपटकदेखि सिङ्गिन आइडल घोषणा गरेको छ । कक्षा ९ मा अध्ययनरत सोनु खड्कालाई आइडल घोषणा गरेको हो । यो कर्म गर्ने धुलाबारी मावि झापामा सम्भवतः पहिलो विद्यालय हो ।

अनि यो पनि :-

विद्यालयले ६ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा मनमाया संग्रौला, हर्कमान सुब्बा, सर्जन गहतराज, योगराज अधिकारी, पार्वता सुवेदी र एलिशा बुढाथोकी छन् । विद्यालयले कर्मचारी सीता दनुवारलाई नगदसहित सम्मान गरेको छ ।

विद्यालयले सेवा निवृत्त शिक्षक चक्र बाँनियालाई नगद दस हजार र उपहारसहित विदाई गरेको छ ।

प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले विद्यालयको झलक प्रस्ट्याएको कार्यक्रममा प्रदेश नं १ का सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी , पूर्वप्रधानाध्यापक रुद्र कुरुङ्वाङ, विद्यालयका सहायक प्रअ चौँलागाईं, शिक्षक रमेश दाहाल, मिलनकुमार ढुंगानालगायतले विद्यालयका गतिविधिमा प्रकाश पारेको सूचना अधिकारी दिपेन्द्र कन्दङ्वाले जनाए ।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 1 Minute 314 Views

ताजा समाचार