फडिन्द्र अधिकारी
लेखनाथ । सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन्।

हायू परिवारका सदस्यहरु गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । “उहाँहरु गगनगौडाका दुई जना स्थानीयको घरमा भेटिनुभएको छ” ओलियाले भन्नुभयो, “उहाँहरुलाई आफन्तको जिम्मा लगाउने छलफल हुँदैछ ।”
शनिबार आएर पोखराको होटल जननीमा बसेको हायू परिवार आइतबार त्यहाँबाट निस्केका थिए । उनीहरुले प्रहरीलाई मजदूरी गर्न पोखरा आएको जानकारी दिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा ६ बाट हायू परिवार गएको शुक्रबारदेखि सम्पर्कविहीन रहेका थिए ।
गोरखापत्र अनलाइन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



