२०८३ असार १७ बुधबार

देशभर ४ मुख्य राजमार्ग बाढीपहिरोले पूर्ण अवरुद्ध

न्युज अफ नेपाल
काठमाडौं ।

देशभरि अविरल वर्षा र बाढीपहिरोका कारण चारवटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। कर्णाली प्रदेशमा कर्णाली करिडोर र भेरी करिडोर पूर्णरूपमा बन्द भएका छन्। हुम्लाको सिमकोट र रुकुमपश्चिमको रिजिगार क्षेत्रमा पहिरो र बाढीले सडक अवरुद्ध भएका हुन्।

सिंखुवासभाको भोटखैला गाउँपालिका९४ मा कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ भने रसुवाको गोसाइकुण्ड गाउँपालिका २ स्थित नेपाल–चीन नाकामा जोड्ने पुल जोखिममा परेको छ।

काठमाडौं नजिक टोखा–नुवाकोट सडक, बागलुङ र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र रोल्पा सहिद राजमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

 

 

२०८२ श्रावण १०, शनिबार प्रकाशित 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।