२०८२ असार १६ सोमबार

काँटा लगा गर्ल शेफाली रहिनन्

बलिउडको लोकप्रिय आइटम सङ काँटा लगाबाट व्यापक लोकप्रियता कमाएकी डान्सर तथा अभिनेत्री शेफाली जरिवालाको ४२ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार उनी शुक्रवार राति मुम्बइस्थित आप्mनो निवासमा बेहोस भएपछि पति तथा अभिनेता पराग त्यागीले तुरुन्तै बेलेभ्यु मल्टिस्पेसियलिटी अस्पताल पु¥याइएका थिए। अस्पतालले उनलाई डेड अन अराइवल घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रारम्भिक रिपोर्टअनुसार उनको मृत्युको कारण कार्डियक अरेस्ट अर्थात् मुटुले अचानक काम नगर्नु मानिएको छ। यद्यपि अस्पताल वा परिवारको तर्फबाट आधिकारिक पुष्टि भने हुन बाँकी रहेको समाचारमा जनाइएको छ।

उनको शवलाई पोस्टमार्टमका लागि अँधेरीस्थित कूपर अस्पताल पठाइएको र विस्तृत रिपोर्ट प्रतीक्षामा रहेको बताइएको छ। उनको अचानक निधनको खबर फैलिएपछि उनका पति पराग त्यागी अस्पताल बाहिर भावविह्वल अवस्थामा देखिएका थिए।

उनको निधनपछि अनुसन्धानको लागि मुम्बइ प्रहरी अँधेरीस्थित निवासमा पुगेको थियो। फरेन्सिक टोली समेत उनको घरमा पुगे पनि घटनाको आधिकारिक विवरण भने आएको छैन। उनको अल्पायुमै भएको निधनको घटनाले बलिउड मात्र होइन, उनका शुभचिन्तक र प्रशंसकबीच पनि सन्नाटा छाएको छ।
शेफालीले सन् २००२ मा काँटा लगाबाट अपार लोकप्रियता कमाएपछि बूम, मुजसे शादि करोगीजस्ता फिल्म र केही टेलिभिजन शोमा काम गरेकी थिइन्। साथै, उनले बिग बोस १३ मा सहभागिता जनाएर थप चर्चा बटुलेकी थिइन्।

शेफालीले दुई विवाह गरेकी थिइन्। पहिलो विवाह सन् २००४ मा मीत ब्रदर्सका संगीतकार हरमीत सिंहसँग गरेकी थिइन्। सन् २००९ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि उनले सन् २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरेकी थिइन्।न्युज अफ नेपाल

२०८२ असार १६, सोमबार प्रकाशित 1 Minute 16 Views

ताजा समाचार