कर्मचारीलाई कोरोना : मालपोत कार्यालय एकसाता बन्द

,भद्रपुर,५ माघ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि मालपोत कार्यालय भद्रपुरले एक साताका लागि सेवा बन्द गरेको छ ।
कार्यालयका निमित्त प्रमुख दिपेन्द्र खत्रीले बुधबार एक सूचना जारी गरी बिहीबारदेखि माघ १२ गतेसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको जनाएका हुन् ।

सेवाग्राही, कर्मचारी, लेखापढी व्यवसायी र अन्य सरोकारवालाको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरणका लागि कार्यालय बन्द गर्नुपरेको सूचनामा जनाइएको छ ।

मालपोत कार्यालयका २ जना कर्मचारी संक्रमित भएका छन् । अधिकांस कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको खत्रीले जानकारी दिए ।