सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला

झापा । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । सिड्नीस्थित अर्चामनमा बसोबास गर्दै आएकी २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन् ।

काठमाडौंको कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया आएकी थिइन् ।

हाल एमपीएल पढिरहेकी उनको घटनाबारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक सुष्मितालाई नजिकबाट चिन्ने सीड्नीका युवा उद्यमी उद्धव भट्टले यो घटनाले आफू निकै दुःखीत भएको बताए ।

मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफू निकै स्तब्ध भएको र  सुष्मिताको परिवारलाई भेटेर सान्त्वतासमेत दिएको उनले बताए ।

मृतकको शव नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो-फण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।

अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ ।

परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको संघका युवा संयोजक बिक्रम दाहालले जानकारी दिए । सेतोपाटीबाट