
काठमाडौँ, असार ७ गते । चलचित्र ‘माग्ने राजा’ को दुई वटा पोस्टर शुक्रबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहनुभएको एउटा पोस्टरमा केदार मात्रै देखिनुभएको छ भने अर्कोमा केदारसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राईलाई देख्न सकिन्छ । चलचित्रमा आर्यन सिग्देल, मिस पवि र शिशिर बाङदेलको पनि अभिनय रहेको छ । ऋषि लामिछाने निर्देशित चलचित्रको पटकथा सामीप्यराज तिमल्सेनाले लेख्नुभएको छ । चलचित्र भदौ ६ गते प्रदर्शन हुँदै छ ।गोरखापत्र अनलाइन

२०८२ असार ७, शनिबार प्रकाशित
1 Minute
13 Views