२०८३ असार १७ बुधबार

प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षीको अवरोध हट्ला ?

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने तयारी छ ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ १३ गतेदेखि संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।हिमालय टाइम्स

२०८२ जेष्ठ २९, बिहीबार प्रकाशित 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।