२०८३ असार १७ बुधबार

पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा म निर्दोष छु : अध्यक्ष नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यकर्ता भेलामा उहाँले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै कानुनी उपचारका लागि छिट्टै प्रक्रिया सुरु गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले न्यायका लागि कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आफ्नो पार्टीलाई कमजोर बनाउने उद्देश्यले आएको निर्णयप्रति नेता तथा कार्यकर्ता आत्तिन नपर्ने प्रष्ट पार्नुभयो ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ जेष्ठ २३, शुक्रबार प्रकाशित 1 Minute 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।