शेयर बजार बढेपछि सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । केही महिनादेखि लगातर घटेको शेयर बजारमा मंगलबार सकारात्मक सर्किट लागेको छ ।

शेयर बजारमा उच्च उछाल देखिए पछि सर्किट ब्रेकर लागेको हो । कारोबारको दुई घण्टा अगावै परिसूचक ५ प्रतिशत नाघेर बढेपछि बजारमा सारकारात्मक सर्किट लागेको हो ।

अब बजार ४० मिनेटका लागि बन्द भएको छ । यतिबेलासम्म १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने कुल कारोबार रकम एक अर्ब ४५ करोड हाराहारी छ ।