२०८१ बैशाख १७ सोमबार

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ‘एमडीएमएस’ प्रणाली तत्काल कार्यान्वयन गर्न व्यवसायीको माग

 

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ‘एमडीएमएस’ प्रणाली तत्काल कार्यान्वयन गर्न व्यवसायीले माग गरेका छन् । अवैध आयात बढ्दा वैधानिक रुपमा आयात गर्नेहरु मारमा परेको भन्दै व्यवसायीले एमडीएमएस प्रणाली कार्यान्वयन गर्न माग गरेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकणरले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडीएमएस) प्रणाली गत पुष १५ देखि कार्यान्वयन गर्ने भनेपनि हालसम्म भएको छैन् । प्रणाली लागू गरिने भएसँगै यसको चौतर्फी आलोचना भएपछि सरकार रोकिएको हो । विशेषगरी यो प्रणाली विरुद्ध वैदेशिक रोजगारीमा रहेकाहरुले नो रेमिट्यान्स भन्दै विरोध जनाएका थिए ।

आलोचना भएसँगै प्रधानमन्त्रीले प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएका थिए । तर व्यवसायीहरुले भने एमडीएमएस प्रणाली लागू नहुँदा अवैध आयात बढेको र वैधानिक कारोबार गर्नेहरु समस्यामा परेको भन्दै तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । साथै प्रणाली लागू हुँदा वैदेशिक रोजगारीमा गएकाहरुले ल्याउने मोबाइलमा कुनै समस्या नहुने बताएका छन् । समस्या एमडीएमएस प्रणालीको नभइ कर व्यवस्थामा भएको व्यवसायीको भनाइ छ ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई रोक्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न नेपाल दूरसंरचार प्राधिकरणले यसअघि परीक्षणका रुपमा एमडीएमएस लागू गरिसकेको छ । साथै सरकारले स्पष्ट निर्देशन दिए प्रणाली संचालन गर्न तयार रहेको प्राधिकरणको भनाइ छ ।

सरकारले पहिलोपटक २०७३ साल वैशाख १ गतेदेखि एमडीएमएस प्रणाली लागू गर्ने घोषणा गरेको थियो । त्यस्तै २०७८ साल साउन १ मा र गत पुष १५ देखि कार्यान्वयनमा ल्याउने जनाएको थियो ।

२०७९ माघ २५, बुधबार प्रकाशित 1 Minute 217 Views

ताजा समाचार