२०८२ जेष्ठ ९ बिहीबार

स्थापना दिवस यसरी मनायो सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वाटर झापाले

झापा /सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वाटर झापाले १८ औं स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाएको छ बिहिवार ( आज) आयोजित कार्यक्रमकाबीच १८ औं स्थापना दिवस सम्मपन्न गरेकाे हाे ।

स्थापना दिवसको अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो भने कार्यक्रममा नृत्य एवम् गायन समेत प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा सेवाबाट अवकास प्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र नायव महानिरिक्षक कुमार न्यौपानेले स्थापना दिवसको अवसरमा शुभकामना दिदैं संगठन सुदृढिकरण अभियानमा प्रतिवद्ध हुन निर्देशन दिनु भयाे । वहाँले राष्ट्र र जनताप्रति समर्पित सशस्त्र प्रहरी सीमा सुरक्षा, अवैध आयातनिर्यात नियन्त्रणमा जिम्मेवारपूर्वक लागिरहने बताउनु भयाे। सशस्त्र प्रहरीलाई व्यसायिक र कर्तव्यनिष्ठ हुन आग्रह गर्दै सबै क्षेत्रको समन्वयमा रहेर क्रियाशिल हुन सूझाव दिन भयाे ।

यस्तै, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले २ नं गण हेडक्वाटरको स्थापना निकैं संघर्ष र मेहनतबाट संभव भएको बताउनु भयाे । भद्रपुरमा सशस्त्रको व्यवस्थापनपछि सीमा सुरक्षा र राजश्व संकलनमा ठुलो योगदान भएको सीमा क्षेत्रमा भइरहेको लागुऔषधको ओसारपोसार चुनौती पूर्ण बन्दै गएकाले नयाँ ढंगबाट काम गर्नुपर्ने सूझाव राख्नु भयाे ।

यस्तै, झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गर्न भएकाे थिया । प्रसाईले सशस्त्र प्रहरीले शान्ति सुरक्षाका लागि निर्वाह गरेको भूमिकाले अन्तराष्ट्रिय जगतमा छवि निर्माण गरेको चर्चा गर्न भयाे ।

मानवबेचबिखन नियन्त्रण, राजश्व संकलनमा गरिरहेको काम चर्चा योग्य रहेको बताउँदै अझै पनि परिणाम देखिने गरी काम गर्नुपर्ने अवस्था रहेको बताउनु भया ।

गणपति तुल बहादुर भण्डारीले सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वाटरले समुदायसँगको सहकार्यमा जिम्मेवारी निर्वाह गरिरहेको र लागुऔषध, अवैध सामानको ओसारपसार नियन्त्रणसँगै सीमा सुरक्षामा प्रतिवद्ध भई काम गरिरहेको बताउनु भयाे । । सीमा सुरक्षाका लागि तालिम प्राप्त कुकुरको परिचालन गरिएको जानकारी दिए । सो अवसरमा भण्डारीले कार्यालयबाट भएका कार्यप्रगति सावजनिक गर्दै सबैलाई धन्यवाद ज्ञापन दिनु भएका थियाे।

२०८२ जेष्ठ ९, बिहीबार प्रकाशित 0 Minutes 63 Views

ताजा समाचार