२०८२ बैशाख २५ बिहीबार

भारत—पाकिस्तानको तनावपछि नेपालको पूर्वीनाकामा थप सुरक्षा सतर्कता

मेचीनगर । भारत—पाकिस्तानको तनावपछि नेपालको पूर्वीनाकामा सुरक्षा सतर्कता कडा पारिएको छ ।भारतले पाकिस्तानमाथि गरेको आक्रमणपछि सुरक्षा सतर्कताका लागि सीमावर्ती नाकामा थप सुरक्षा कडा पारिएको हो।


उक्त आक्रमणपछिका सुरक्षा चुनौतीको आकलन गर्दै सरकारले भारतसँग सीमा जोडिएका नाकामा थप सुरक्षा बडाएको हो ।
सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बललाई सरकारले कुनै पनि घुसपैठै प्रवेशलाई राक्न अग्र भागमा चेकजाँच संगै निगरानी बडाउने जिम्मेवारी दिए पछि सीमा नाकामा सुरक्षा कसिलो बनाएको हो । पूर्बी नेपालको झापा संग सीमा जोडिएको करिव १ सय ४२ किल्लो मिटर क्षेत्रलाई सशस्त्र प्रहरीले निगरानी बडाएको सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।


सुरक्षा संवेदनशिलताका बिषयमा बुधवार नै गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।
कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यसहित नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तकका साथ तैनाथ हुने निर्देशन दिए पछि सुरक्षा बढाएको बताइएको छ । भारत र पाकिस्तान बिच समस्य उत्पन्न भए पछि त्यहाँ रहेका नपालीहरू स्वदेश फर्कन थालेका छन्। झापाका मुख्य नाका काँकडभिट्टा , भद्रपूर, बाँहुण्डागी , गौरीगञ्ज, लगाएतका सीमा नाकामा आवस्यक कागजात सहित चेकजाच कडा पारिएको सशस्त्र प्रहरी झापाले जानकारी दिएको छ। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुुल्म काँकडभिट्टा, र बिओपीलेहरूले सुरक्षा बढाएका हुन।

२०८२ बैशाख २५, बिहीबार प्रकाशित 0 Minutes 92 Views

ताजा समाचार