२०८३ असार १७ बुधबार

नारायणघाट-बुटवल सडक खण्ड सञ्चालनमा, राजमार्ग हिलाम्य हुँदा यात्रा जोखिमपूर्ण

धनमायाँ भुसाल
पूर्वी नवलपरासी- वर्षाका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड संचालनमा आएको छ ।

वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि आइतबार विहानदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।

सडकमा जम्मा भएको हिलो र गेग्रान हटाई हिजो दिउँसो तीन बजेवाट सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

मनसुन सक्रिय नहुँदै सामान्य वर्षामा पनि मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती झेलिरहेका छन् ।

वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले घन्टौ‌ं जाममा बस्नुपर्ने बाध्यता छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ बैशाख २२, सोमबार प्रकाशित 1 Minute 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।