युवा संघ मेचीनगरको प्रथम अधिवेशन सम्पन्न

काँकरभिट्टा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ ।

अधिवेशन आयोजक कमिटी संयोजक सरोज मेहराको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन संघका केन्द्रीय कमिटी अध्यक्ष किरण पौडेलले गरेका थिए ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि पौडेल, प्रदेश सांसद श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाईं, नेकपा एमाले प्रदेश कमिटी सदस्य नीलकण्ठ तिवारी, जिल्ला सचिवालय सदस्य मीना उप्रेती, मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेल, संघका पूर्व केन्द्रीय सचिव राजु कार्की, केन्द्रीय सदस्य पर्वतराज भण्डारी, जिल्ला अध्यक्ष शम्भु भण्डारी, सचिव सुमनध्वज थापा, सदस्य राजु धिमाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशन आयोजक कमिटी संयोजक मेहराले उद्घाटन सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सह संयोजक मानबहादुर तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका संघका क्षेत्रीय कमिटी सदस्य लुसन तिवारीले जानकारी दिए ।

अधिवेशन आयोजक कमिटी संयोजक मेहराको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत सह संयोजक तामाङ र सञ्चालन सदस्य श्याम शिवाकोटीले गरेका थिए ।

‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाहरुको काँधमा’ भन्ने मूल उद्घोषसहित आयोजित अधिवेशनको बन्द सत्र आइतबार नै सम्पन्न भएको बताइएको छ ।