२०८१ बैशाख १५ शनिबार

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या :अध्यक्ष शेखर गोल्छा

नेृपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी बताएका छन । महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उल्लेख गरेका हुन । अध्यक्ष गोल्छाले भूकम्प, कोरोनाको बेलामा अर्थतन्त्रको सीमा भन्दा बढी तिब्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताए ।

अध्यक्ष गोल्छाले सरकारले अर्थतन्त्रमा ब्रेक लगाउँदा अर्थतन्त्र बँचे पनि उद्योगी व्यवसायीहरुका हात खुट्टा भाँचिएको गुनासो गरे । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले उद्यमशील विकासको लागि काम गर्ने संस्थाहरुबीच समन्वयको आवश्यकता समेत औल्याए । उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु भएपनि सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्नसक्ने बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

२०७९ माघ २५, बुधबार प्रकाशित 0 Minutes 301 Views

ताजा समाचार