२०८१ बैशाख १७ सोमबार

बागलुङमा यस वर्ष २५ करोड बढी मूल्यको सुन्तलानिकासी

 

बागलुङमा यस वर्ष रु २५ करोड बढी मूल्यको सुन्तला उत्पादन भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा करिव ३ प्रतिशतले वृद्धि भएको छ ।बागलुङका किसानले यो वर्ष २र्५ करोडभन्दाबढीको सुन्तला बजारमा पठाएका छन् । अन्नबालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेकाले किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि जिल्लामा व्यवसायिक सुन्तला खेति हुन थालेको छ ।केही वर्षदेखि यहाँका ग्रामीण क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रम अन्तर्गत सुन्तला जोन घोषणा गरेर बर्सेनि सुन्तला खेती विस्तार हुँदै गएको छ ।

गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार छ सय ५० मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएपछि २५ करोड बढी मूल्यको सुन्तला निकासी भएको र अझै केही किसानले कोल्डस्टोरमा भण्डारण गरेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकाकारी कुमार पुनले बताउनु भयो । .

केही वर्षदेखि यहाँका ग्रामीण क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रमअन्तर्गत सुन्तला जोन घोषणा गरेर बर्सेनि सुन्तला खेती विस्तार हुँदै गएको छ ।बागलुङमा एक दशकभन्दा अगाडिसम्म परम्परागत सुन्तला खेती हुने गरेको थियो भने अहिले आधुनिक तरिकाले खेती भइरहेको छ । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानासँगै काठेखोलाको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, जैमिनीको दमेक र सर्कुवालगायत ठाउँ सुन्तला खेतीका लागि प्रसिद्ध मानिन्छन् । बागलुङ नगरपालिका–८ सिगानाका कृषक टोप बहादुर खड्काले आफुले विगत ४ दशक देखी निरन्तर व्यवसायिक सुन्तलाखेती गर्दे आएको बाए ।.

पहिले गाँउमा मोटरबाटोको पहुच नभएकोले डोकोमै बोकेर बिक्रीगर्ने अवस्था रहेकोमा अहिले भने बाटोको पहुच राम्रो भएकोले वगैचाबाटै सुन्तला विक्रि हुने गरेको छ भने कतिपयले सडक छेउमा लगेर डोकोबाटै वेच्ने गरेका छन् ।

बागलुङमा उत्पादन भएको सुन्तला खरिद गर्न बागलुङ, चितवन, काठमाडौं, पोखरालगायतका ठूला सहरबाट व्यापारी आउने गरेका छन् । मुख्यखेतीको रुपमा सुन्ताल खेतीगर्न थालेपछि वार्षिक २५ करोडको रकमगाँउभित्रन थालेको छ ।

२०७९ माघ २५, बुधबार प्रकाशित 1 Minute 250 Views

ताजा समाचार