मंगलबार ६ अर्ब बढीको सेयर किनबेच, यी कम्पनीको बढ्यो मूल्य

काठमाडौं । मंगलबार सेयर बजारमा ६ अर्ब ३१ करोड बढीको सेयर किनबेच भएको छ ।

यो साताको पहिलो दिन आइतबार तीन अर्ब कमको कारोबार भएको थियो । त्यस्तै सोमबार चार अर्ब तीस करोडको कारोबार भएको थियो ।

मंगलबार सेयर बजारको परिसूचक पनि ७८.८२ अंकले बढेको छ । योसँगै परिसूचक २७५१ अंक कायम भएको छ ।

कारोबार भएका कुल कम्पनीमध्ये १७९ वटाको मूल्य बढेको छ भने ६ वटाको घटेको छ । दुइटा कम्पनीको मूल्य भने स्थिर छ ।

मंगलबार सात वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

१० प्रतिशत मूल्य बढ्ने कम्पनीहरू यी हुन्ः

  • बेस्ट फाइनान्स
  • ङादी ग्रुप
  • खानीखोला हाइड्रो
  • राधी विद्युत
  • घलेम्दी हाइड्रो
  • माउन्टेन हाइड्रो
  • चन्द्रागिरि हिल्स