२०८३ असार १७ बुधबार

मकवानपुरमा विद्युतीय माइक्रोबस दुर्घटना: २ जनाको मृत्यु, १४ घाइते

मकवानपुर- मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा गएराति बिद्युतीय माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको एक बा प्र ०१-००६ ख ७०७२ नम्बरको गाडी राति करिब १ बजे सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ५० वर्षकी निलम देवी राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

१३ वर्षीया मानुसी मगरको शव दुर्घटनास्थल नजिकैको खोल्सामा आज बिहान फेला परेको प्रहरीले जनाएको । दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घाइतेहरूको उपचार हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ बैशाख ५, शुक्रबार प्रकाशित 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।