२०८३ असार १७ बुधबार

बागलुङको तमानखोलामा जिप दुर्घटना : १० जना घाइते

बागलुङको तमानखोला गाउँपालिकामा दुर्घटना भएको पिकअप जिप । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), वैशाख १ गते । बागलुङको तमानखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोमबार दिउँसो तमानखोलाको बोङ्गादोभानबाट भएरकटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप वडा नं. २ कटेरीमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिनुभयो ।

उहाँले जिपमा चालकसहित ११ जना सवार रहेको र १० जना घाइते भएको बताउनुभयो ।

घाइतेहरुको उद्धार गरी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएको छ । घाइतेहरुको नामावली खुल्न बाँकी रहेको डिएसपि यादवले बताउनुभयो । जिप उकालोमा ब्रेक फेल भई सडकमा नै पल्टिएको हो ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख १, सोमबार प्रकाशित 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।