२०८२ बैशाख ३ बुधबार

समाजसेवी बिमलाको जन्मदिनका अवसरमा भेट्रान रोड रेस सम्पन्न

मेचीनगर । झापाको मेचीनगरमा भेट्रान रोड रेस सम्पन्न भएको छ।

समाजसेवी बिमला तामाङको ४१ औँ जन्मदिनको अवसरमा भेटान रोड रेसको आयोजना गरिएको । काँकडभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गरेको रोड रेसमा ४७ जनाले सहभागिता जनाएका थिए।
मेचीनगर ७ स्थित सत्तिघटटाबाट शुरू गरेको दौड काँकडभिट्टा खेलमैदानमा समापन भएको थियो । कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य एव् प्रमुख सचेतक माननीय गोपाल तामाङले रिवन काटेर शुरू गरेका थिए ।
सहभागीहरू मध्ये रामेछापका होमलाल श्रेष्ठ प्रथम ३० हजार दोस्रो काठमाडौंका धर्म महर्जनले २० हजार तेस्रो रेवतबहादुर दाहालले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

त्यसै गरि सान्त्वना पुरस्कार नगद रु १ हजार ७ जनाले प्राप्त गरेका छन््। पुरस्कार सहित सम्पूर्ण व्यवस्थापन सजित र बिमला तामाङ्गले गरेको रोड रेसका संयोजक राजु पौडलले बताए ।
रोड रेश प्रतियोगितामा ४० वर्ष भन्दा माथीका सहभागी थिए । बिजेताहरूलाई प्रदेश सांसद गोपाल तामाङले नगद मेडलर प्रमाण पत्र प्रदान गरेका थिए । सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको तामाङ परिवारले बिगत कोरोना काल संगै बिपन्न परिवारको स्वास्थ तथा अन्य समस्यामा समेत निरन्तर योगदान पुर्याउदै आएको छ । रोड रेस करिब ४ किल्लो मिटर तय गरिएको थियो ।

२०८२ बैशाख १, सोमबार प्रकाशित 0 Minutes 94 Views

ताजा समाचार