२०८३ असार १७ बुधबार

ओलीसँगको भेटपछि मोदीले भने- भेटघाट फलदायी रह्यो

न्युज अफ नेपाल

काठमाडौँ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताएका छन् । उनले थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता फलदायी रहेको बताए ।

“हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल ग¥यौँ”, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भनेका छन् । उनले यसवर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरु विशेष गरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रहरुमा पनि कुरा गरेको बताए ।प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच आज अपराह्न करिब ४५ मिनेट एक्ला–एक्लै भेटवार्ता भएको थियो ।

 

२०८१ चैत्र २२, शुक्रबार प्रकाशित 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।